वीरगञ्ज, माघ २६//
प्रेस चौतारी नेपाल पर्सा जिल्ला कार्य समितिको अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित भएका छ्न ।
नयाँ नेतृत्वका लागि आज शनिवार भएको निर्वाचनको मतगणनामा अध्यक्ष पदका २ जना उम्मेदवार तुलसी भण्डारी (विजय) र निरञ्जन मिश्रले बराबर मत ४६/४६ पाए पछि आधा आधा कार्यकालका लागि भएको गोला प्रथाबाट पहिलो कार्यकालका लागि निरञ्जन मिश्र निर्वाचित भएका हुन ।
यस सङ्गै निर्वाचनबाट उपाध्यक्ष खुल्लामा राजेन्द्र सिङ्ह, उपाध्यक्ष महिलामा लक्ष्मी खरेल, सचिवमा कृष्ण कुश्वाहा, कोषाध्यक्षमा सन्तोष पटेल लगायतका निर्बाचित भएका छ्न । निर्वाचनमा प्रेस चौतारी सङ्ग आबद्ध ११० मध्ये ९५ मत खसेको थियो ।

