वीरगञ्ज, फागुन २//
पर्सा प्रहरीले साढे ११ किलोग्राम चरेस सहित एकजनालाई आज शुक्रबार पक्राउ गरेको छ ।
वीरगञ्ज-१६ इनर्वा स्थित बाइपास रोड्मा अस्थाई प्रहरी पोष्ट इनर्वाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागू औषध चरेस सहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका-४ मधुवन गोठका सुधीर कर्ण रहेका छ्न ।
कर्णले प्लास्टिकको रातो ग्यालेन भित्र स साना पोकामा चरेस राखी माथिबाट खाने घ्यूले छोपेर लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कर्णमाथी लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

