सँजय गुप्ता ,बीरगँज// फागुन १४//
बीरगँजमा आज बुधबार एक प्राबिधिक बिधालय को उद्धघाटन भएको छ। काठमान्डौ को शम्भुमार्ग मा सँचालित रहेको जि.एस.टेक्निकल स्कुल प्रा.लि. काे शाखाको रुपमा पर्सा जिल्ला काे सदरमुकाम वीरगँज महानगरपालिका काे वडा न.१० आर्दशनगर मा आज एक कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेस पर्सा का उपसभापति अशोककुमार गुप्ताले रिबन काटी उद्धघाटन गर्नु भएको छ ।

उद्घघाटन पश्चात् आपनो मन्तब्य राख्दै उपसभापति गुप्ताले आजकाे समयमा किताबी ज्ञान भएर मात्र नभई टेक्निकल र टेक्नोलोजी काे युग भएकाेले पर्सेली युवाहरू लाई दक्ष जन शक्ति निर्माण मा जि.एस.टेक्निकल स्कुल प्रा.ली. ले महत्वपुर्ण भुमिका राख्नेछ ।
भने आफू बिश्वत रहेकाे बताए।उक्त कार्यक्रममा बिशिस्ट अतिथि नेपाल बिधार्थी सँघ पर्सा का सचिव सुधाँशु चौरसियाअतिथिहरूमा लक्षुमण मण्डल, असरफ शदिक, ब्यवस्थापक- नजबुल्लाह अँसारी,बाजार ब्यवस्थापक-श्याम बाबू प्रसाद निर्देशक-एम.डी.जुनैद अँसारी लगाएत काे उपस्थिति रहेकाे थियो।यश बिधालय का सँस्थापक चँख राई ले मात्र सँघिय राजधानी केन्द्रित भएर दक्ष जनशक्ति उतपादन गरी नहुने भएकाेले राजधानी बाहिर समेत यसकाे आवश्यकता रहेकाे आफुले महसुस गरेकाे हुना ले अब बिस्तारै आपनो शाखाहरू बिस्तार गर्दै जाने कुरा राखे।

