Home राष्ट्रिय शिक्षकहरुको आन्दोलन उग्ररुप लिदै, भोलिदेखी राजनीतिक दलको कार्यालय घेराउ गर्ने, चैत्र २०...

शिक्षकहरुको आन्दोलन उग्ररुप लिदै, भोलिदेखी राजनीतिक दलको कार्यालय घेराउ गर्ने, चैत्र २० देखि अनिश्चितकालीन प्रदर्शन

वीरगञ्ज, फागुन २६//
नेपाल शिक्षक महासङ्घले दोश्रो चरणको ससक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
फागुन २४ गते पहिलो चरणको आन्दोनको क्रममा काठमाडौमा गरिएको प्रदर्शनको सरकारले खासै वास्ता नगरेको भन्दै महासङ्घको केन्द्रिय कार्यसमितिले सार्वजनिक गरेको दोश्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत भोलि फागुन २७ गते देखि राजनीतिक दलहरूको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको जनाएको छ ।
महासङ्घले फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको छ ।
 आन्दोलन कार्यक्रम अनुसार फागुन २७ गते नेपाली कांग्रेसको कार्यालय घेराउ गरिने, फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालय र चैत्र २ गते नेकपा एकीकृत समाजवादीको, चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ ।
साथै आन्दोलनकै क्रममा सबैजिल्लास्थित महासङ्घको अगुवाईमा जिल्ला स्थित सासदहरु सङ्ग भेटघाट कार्यक्रम समेत अघि सारिएको छ भने
महासङ्घले चैत २० गतेदेखि काठमाडौँका सडकमा अनिश्चितकलीन आन्दोलन गर्ने घोषणा गरेको छ । काााठमाडौमा सुरुहुने सडक आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने महासङ्घका अध्यक्ष लक्ष्मिकिसोर सुबेदिले जनाएका छन् । आन्दोलन अवधिभरि सबै सरकारी कामकाज बहिष्कार गरिने समेत महासङ्गघले जनाएको छ ।

 राज्यपक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा देखिएको आरोप लगाउदै बिगतका आन्दोलनमा भएका सम्झौताहरुको पूर्णरूपमा पालना गर्दै विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासङ्घको अडान रहेको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments