वीरगञ्ज, फागुन २८//
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बरैनिया बजारमा आज बुधबार नेकपा एमालेको होलिमिलन कार्यक्रम सप्पन्न भएको छ ।

नेकपा एमाले विश्रामपुरका अध्यक्ष एवम स्थानीय नेता पर्मा यादवको अध्यक्षता तथा बारा क्षेत्र नम्बर ४ का ईन्चार्ज एवम केन्द्रिय सदस्य एकबाल मियाको प्रमुख आतिथ्यतामा सम्पन्न होलि मिलन समारोहमा पार्टीका मधेस प्रदेश सदस्य धर्मदेव यादव, नेकपा एमालेका नेताहरू मनिर देवान, मदन यादव, हृदय नारायण यादव, उमेस यादव, सुरेस यादव, जुमराती मिया लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले होलिको शुभकामना आदान प्रदान गर्नुका साथै अगामी दिनमा पार्टीलाई मजबुत बनाउन आ आफ्नो ठाउँबाट सशक्त रुपले लाग्नुपर्नेमा जोड दिएका थिए ।

