वीरगञ्ज, चैत ०५//
वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पमा १६ वर्षपछि आज मङ्गलवार शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएको छ ।
मतदान कार्यक्रम अनुसार आज विहान १०:०० बजे देखि सुरुहुने भनिएको मतदान कार्य व्यवस्थापनको क्रममा निर्धारित समय भन्दा २ घण्टा ढिलो दिउँसो १२:०० बजे देखि सुरु भएर बेलुकि साढे ५ बजे सम्म सम्पन्न भएको हो ।
मतदानमा कुल १० हजार ७२९ मतदातामध्ये ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बताएका छन् ।मतदानका क्रममा साना तिना विवाद भएपनी समग्रमा शान्तिपूर्ण रुपमा निर्बाचन सप्पन्न भएको छ ।
यसअघि २०६३ सालमा यस क्याम्पसमा भएको स्ववियु निर्वाचनको १६ वर्षपछि सम्पन्न आज को यस निर्वाचनमा सभापति पदका लागि १४ जना उम्मेदवार लगायत कुल २१ पदका लागि २४७ जनाले उम्मेदवारी दिएका थिए । सम्पन्न मतदानको मतगणना आजै राति १० बजेदेखि सुरु हुनेछ ।

