वीरगञ्ज, चैत ०७//
आज विहिवार देखि देशैभरी सुरु भएको माध्यमिक शिक्षा परीक्षा अन्तर्गत आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा गोरखाको धार्चेमा पनि मर्यादित रूपमा सम्पन्न भएको छ ।
गाउँपालिका स्थित ८ वटा विद्यालय बाट सहभागी २१४ जना विद्यार्थीहरुको आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा स्थानीय जनजागृती माविमा पूर्ण मर्यादित रूपमा सम्पन्न भएको पालिकाका शिक्षा संयोजक पुष्पराज जोशिले बताउनुभयो ।
यस वर्षको एस ई ई परीक्षामा नियमित र आंशिक गरि ४ हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुँदैछन् । यसवर्ष नियमित परीक्षा दिनेमा साधारण तर्फ ३४४१ र प्राविधिक तर्फ ९९ जना सहभागी भएका छन् ।

