वीरगञ्ज, चैत २०//
चैती छठको अवसरमा वीरगञ्ज बजारमा किनमेल गर्ने श्रद्धालुहरुको चहलपहल बढेको छ ।
![]()
वर्षको दुई पटक मनाईने सूर्य उपासनाको व्रत छठ पर्व प्रत्येक वर्षको कार्तिक शुक्ल षष्ठी र चैत शुक्ल षष्ठीको का दिन मनाईने गरिन्छ ।
हिजो नहा खाय को दिन देखि ४ दिन सम्म चल्ने यस वर्षको चैती छठ अन्तर्गत आज दोश्रो दिनलाई भोजपुरिया समुदायमा रसियाव रोटि भन्ने गरिन्छ । आजको दिन व्रतालुहरु दिनभरी उपवास वसि बेलुकी घर आङ्गन लिपपोत गरि आफू पनि चोखो भै खिर र रोटि तथा कतिपयले रसियाव र रोटि बनाई विधि पूर्वक पूजापाठ गरि घरका सबै सदस्यहरुले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।
भोलि चैत शुक्ल षष्ठिका दिन दिनभरी निर्जल उपवास बसेका व्रतालुहरु बेलुकी आ आफ्नो पायक पर्ने ताल, पोखरी, नदि वा जलाशयको किनारमा स्थापित प्रतिमालाई विधिवत पुजापाठ गरि अस्ताउदो सूर्यलाई अर्घ दिईने परम्परा रहेको छ । भने चैत शुक्ल सप्तमीको दिन व्रतको चौथोदिन ३ दिन अघि देखि अन्न जल ग्रहण नगरिकन उपवास बसेका व्रतालुहरु विहान सवेरै स्नान गरि चोखो भै मिठाई र प्रसाद सङ्गै नजिकैको जलाशय किनारमा स्थापित प्रतिमाको विधिवत पूजा आराधना गरि उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन हुने गर्दछ ।

