वीरगञ्ज, चैत २४//
ईन्डियन प्रीमियर लिग (आई पि एल ) मा राजस्थान रोयल्सले लगातार दोश्रो जित हात पारेको छ ।
हिजो शनिबार राती भएको खेलमा पञ्जाब किङ्ग्सलाई ५० रनले हराउँदै रोयल्सले दोस्रो जित दर्ज गरेको हो ।
राजस्थानले दिएको २०६ रनको जवाफी ब्याटिङमा पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन, ग्लेन म्याक्सवेलले ३० रन र प्रभसिमरन सिंहले १७ रन बनाएका थिए ।भने राजस्थानका जोफ्रा आर्चरले ३, महीश थिक्साना र सन्दीप शर्माले २-२ विकेट लिँदा कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।

