वीरगञ्ज, चैत २४//
चैते दशै अन्तर्गत आज आइतबार नवमीको अवसरमा वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिरको महाआरतिमा हजारौ भक्तजन सहभागी भएका छन् ।
आज बेलुकी ६:३० बजे देखि सुरु हुन भनिएको आरतिमा सहभागी हुनकालागी ६:०० बज्नु अघिदेखी नै भक्तजनको आगमन हुनथालेको देखिएको छ । आजको महाआरतिमा सहभागिता जनाउनका लागि वीरगञ्ज लगायत आसपासका क्षेत्रबाट हजारौंको संख्यामा श्रद्धालुहरु जुटेका छन ।
चैते दशैको अवसरमा हुने रथयात्रालाई मध्यनजर गर्दै महिनौ दिन सजाईएको मन्दिरको दृश्य अत्यन्तै मनमोहक देखिएको छ । असोजमा मनाइने बडादशै जस्तै चैते दशैको पनि ठूलो महत्व रहेको र परम्परा देखि नै चैते दशैमा भगवती दुर्गाको पूजा तथा अनुष्ठान गर्नाले मनोकामना पूर्ण हुने र यश, किर्ती बढ्ने जनविश्वास रहेको छ ।
चैते दशै अन्तर्गत नव दिनदम्म निराहार रहि नवरात्री व्रत वसेका भक्तजनहरुले आजको यस आरती पश्चात् भोलि देखि मात्रै नियमित रुप अन्नग्रहण गर्ने प्रचलन रहेकोले पनि यश आरतिलाई अझै महत्वका साथ देखिएको छ ।

