वीरगञ्ज, चैत २५//
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतिय राजदूतावास काठमाडौ र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा योग जनचेतना कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
मानविय कल्याणका लागि आवश्यक योगको माध्यम बाट जनचेतना दिई सुखद जिवन यापनका लागि सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बुझिएको छ ।
यता वीरगञ्ज स्थित भारतिय महावाणिज्यदूतावासको प्राङ्गणमा समेत प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जको सहकार्यमा जनचेतना लक्षित विशेष योग कार्यक्रम स्म्पन्न भएको छ । महावाणिज्यदूत देवि शरण मिणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा योग प्रशिक्षक एस. ए. बल्बिन्दर सिंहले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी लगायतकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

