वीरगञ्ज, चैत २६//
काठमाडौ केन्द्रित आन्दोलनलाई अझै सशक्त बनाउन लागिपरेका शिक्षकहरुलाई सरकारले पुन: वार्तामा आउन आग्रह गरेको छ ।
विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश भइसकेको कुरा अवगत गराउदै आन्दोलनरत शिक्षकहरुलाई शिक्षा मन्त्रालयले पुनः वार्ताका लागि बोलाएको हो ।
यस अघि पनि दुई दुई पटक सरकारको तर्फबाट शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरिए पनि सरकारले विगतका दिनमा शिक्षकहरु सङ्ग पटक पटक गरेका सम्झौता कार्यान्वयनमा इमान्दार नदेखिएकोले सरकार माथि विश्वास गर्न नसकिने भन्दै वार्तामा आफूहरु नजाने तथा विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासङ्घको एकसुत्रीय अडान रहेको छ ।
छलफललाई ३५ दिनभित्र सकाउने गरि कार्य भैरहेको उपसमितिले जनाएको छ ।
उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरेको छैन। प्रतिवेदन तयार पारेर फुल समितिमा पेस गरेपछि सार्वजनिक गर्नेगरी उपसमितिले काम गरेको छ ।
२०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयकमा रहेको १६३ वटा दफामा १७५८ बूँदा संसोधन परेको छ ।

