वीरगञ्ज, चैत २८//
चट्याङ लागेर बाराको दुई छुट्टाछुट्टै ठाँउमा गरि लाखौंको क्षती भएको छ ।
हिजो राती मेघ गर्जन सहित भएको वर्षा सङ्गै चट्याङ्ग लाग्दा विद्युतको सर्टसर्किट भएर बारागढी-४ सुखी टोल स्थित विश्वकर्मा पोल्ट्री फर्ममा आगो लाग्दा ५० लाख बराबरको क्षती भएको फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माले बताएका छन् ।
आगलागिबाट करिब २हजार तयारी कुखुरा, दाना तथा फर्म सञ्चालन भएको घर लगायतको भौतिक संरचना पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षती भएको सञ्चालकले बताएका छन् ।
त्यस्तै चट्याङ्ग लागेर बाराको करैयामाई गाउँपालि-८, नरही निवासी अविनास कुश्वाहाको मकै खेतमा जडान गरिएको कृषि मिटर, मोटर तथा टहरामा समेत क्षती पुर्याएको छ ।

