Home राष्ट्रिय शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र प्रभावित, सरकारको अव्यवहारिक शर्तका कारण वार्तामा नगएको महासङ्घको...

शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र प्रभावित, सरकारको अव्यवहारिक शर्तका कारण वार्तामा नगएको महासङ्घको स्पष्टोक्ति

वीरगञ्ज, वैशाख ०२//

 मन्त्रालयले केही शिर्षकहरु देखाएर आन्दोलन स्थगित गरेमा मात्र मन्त्रिपरिषद्‌मा लैजान्छौं भनेर शर्त अघि सारेकोले वार्तामा नगएको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयद्वारा तयार पारिएको खाकाले शिक्षकको माग सम्बोधन नहुने देखिएकोले पनि वार्तामा नबसेको महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छन् ।

 

गत चैत २० गतेदेखि काठमाडौ केन्दृत सडक आन्दोलनमा रहेका शिक्षकहरुको समस्या समाधानका लागि चैत ३१ गते शिक्षक महासंघ र शिक्षा मन्त्रालयको टोलबीच संवादको वातावरण मिलाइएको थियो । तर महासंघबाट शिक्षा मन्त्रालय जाने टोलीको नाम गेटमा टिपाइए पनि महासंघको टोली त्यस दिनको संवादमा सहभागी भएन ।

 संवादमा नबस्नुको कारण खुलादै महासंघले ‘उपलब्धि नहुने ठाउँमा बसेर समय खेर फाल्नुको औचित्य नरहेको बताएको छ । आन्दोलन रोकेमा मन्त्रिपरिषद्‌मा लैजान्छौं भनेर मन्त्रालयका प्रतिनिधिहरु बाट आएको अडान व्यवहारिक नरहेकोे समेत महासङ्घका पदाधिकारीहरुले बताएका छन् ।

सरकारले पहिले नै आन्दोलन रोक्ने शर्त सन्कास्पद रहेकोे र यश प्रकारको प्रस्तुतिले सरकारमाथी विश्वास गर्न नसकिने आन्दोलनरत आम शिक्षकहरुले बताएका छन् ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments