मनोज गुप्ता// वीरगञ्ज, वैशाख ०६//
बुटवलको बुद्धनगरमा आज शनिबार विहान एक महिलामाथि गोली प्रहार भएको छ ।
बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा २९ वर्षीय टिका बिष्टमाथि गोली प्रहार भएको हो ।

पाल्पा रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्दै आएकी बिष्टको कम्मर माथी गोलि लागि गम्भिर घाईते अवस्थामा प्रादेशिक अस्पताल लुम्बिनिमा उपचार भैरहेको बुटवल प्रहरीले जनाएको छ ।
गोली किन र कसले हानेको भन्नेबारे खुलेको नभए पनि घट्नाको विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

