मनोज गुप्ता// वीरगञ्ज, बैशाख १५//
बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ को ४ कोठ्ठे वडा भवनको आज सोमबार शिलान्यास भएको छ ।
पूर्व मंत्री जितेन्द्र सोनलको पहलमा मधेश प्रदेश सरकार बाट बिनयोजित रु. २५ लाखको लागतमा निर्माण हुनलागेको वडा कार्यालयको उक्त ४ कोठे भवनको आज एक कार्यक्रमका विच पालिका अध्यक्ष जुल्फकार अलि भूटो र पूर्व मन्त्री सोनलले शिलान्यास गरेका छ्न।

बिश्रामपुर वडा नम्बर ४ कि कार्यवाहक वडाध्यक्ष लालझरी देवी को अध्यक्षता मा भएको कार्यक्रम मा गाउँपालिका अध्यक्षका उम्मेदवार तथा एमाले नेता मदन प्रसाद यादव, उमेश प्रसाद चौहान, वडा सदस्य कान्ति देवी,राज कुमार सिंह,पत्रकार, युवा तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

