मनोज गुप्ता // वीरगञ्ज, बैशाख १५//
सवारी दुर्घटनामा परि सप्तरीमा हिजो ३ जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० मा भएको बस दुर्घटनामा परि सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रु बस अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि २९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना पश्चात्फ बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

