मनोज गुप्ता// वीरगञ्ज २५//
हेटौंडामा भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन आएको भूगर्भ्विद्को टोलि रितो हात फर्केको छ ।
गाडी जमिनमूनी बेपत्ता भएको घट्नाको अनुसन्धानका लागि नारायण अधिकारी नेतृत्वको ४ सदस्यीय टोलि मङ्गलवार घट्नास्थल पुगेको थियो । मङ्गलवार र बुधबार दुई दिनको अनुसन्धान पाश्चात हिजो बुधबार बेलुकी टोलि फर्केको हो ।
अनुसन्धान टोलिले घट्नास्थलको भौगोलिक बनोट, चुम्बकीय क्षेत्र र भूमिगत जलाश्रोत लगायतका विषयमा अनुसन्धान गरेको छ ।
घट्नाको बारेमा कुनै यकिन विवरण प्राप्त नभए पनि जमिन मुनि ठूलो र शक्तिशाली चुम्बकीय बस्तु रहेको टोलिले जनाएको छ । तर उक्त बस्तु कतिको गहिराईमा रहेको भन्ने कुरा पत्ता लगाउन सकिएको छैन । सुरक्षाको कारण देखाउदै टोलि हिजो काठमाडौ फर्केको जनाएको छ ।

घट्नास्थलको माटोको सतह र घट्नाको कारण बारे तथ्यांकिय अध्ययन गर्नुपर्ने भूगर्भविद नारायण अधिकारीले बताएका छन् । फर्किने क्रममा भूगर्भविद अधिकारीले सुरक्षाको दृष्टिकोणले तत्काल यस अनुसन्धानलाई रोक्नैपर्ने बताउँदै यसको रिजल्ट पश्चात् अर्को चरणको अनुसन्धान सुरुहुनसक्ने बताएका छन् ।
हेटौंडा वडा नम्बर १६ र १७ को सिमा नजिक स्थित गौरी गाउँमा गत शुक्रबार जमिन भासिएर गाडी बेपत्ताको भएको घट्नाले सबैलाई आश्चर्य चकित बनाए पश्चात् अनुसन्धान सुरु भएको थियो ।

