Home समाचार नयाँ लुगाको प्रलोभनमा नाबालिक सङ्ग यौनधन्दा गराउने आलिया प्रहरीको नियन्त्रणमा

नयाँ लुगाको प्रलोभनमा नाबालिक सङ्ग यौनधन्दा गराउने आलिया प्रहरीको नियन्त्रणमा

संजय गुप्ता// वीरगञ्ज, बैशाख २९//

नयाँ लुगाको प्रलोभनमा पारी नाबालिक सङ्ग यौनधन्दा गर्नलगाउने आलियालाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ नयाँ  लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाई सिमावर्ती भारतिय बजारमा रक्सौलमा लगेर एकजना नाबालिक सङ्ग यौनजन्य गतिविधि गर्नलगाउने वीरगञ्ज महानगरपालिका – १६ नगवाकी २४ वर्षीय आलिया खातुन लाई प्रहरीले पक्राउ गरेको हो ।

आलियाले स्थानीय एक १४ वर्षीय नाबालिगकालाई नयाँ लुगा किन्दिने प्रलोभन दिएर गत वैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेको बताइएको छ । रक्सौलमा आलियाले ति नाबालिगकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौन धन्दामा लगाएकी थिइन् ।

बालिकाको अभिभावकले छोरी सम्पर्क विहिन भएपछि खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजतलासमा खटिएको प्रहरीले आलिया र नाबालिगका दुवै जना आलियाको घरमा रहेको भनी पाएको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नगवाबाट गएको प्रहरी टोलिले बालिकाको उद्धार गरि आलियालाई घरबाटै पक्राउ गरेको छ ।

पक्राउ परेकी आलियालाई जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थमाई मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments