राजु चौरसिया// वीरगञ्ज, जेठ ०४//
बाराको देवताल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अरुण सिंह माथि आज आईतवार हातपातको प्रयास भएको छ।
पोल सम्बन्धि बिबादको समाधानका लागि आज विहान ८ बजे बसेको बैठकमा सिंहले अपशब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए । सिंहको अपशब्दले बिबाद सिर्जना भै हातपात्को अवस्थामा पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केही दिन अगाडि खानेपानीको व्यवस्थापनका क्रममा वडाध्यक्ष सिंहले जबर्जस्ति बिजुलीको पोल स्थानीयहरुको खेतमा गाडेकोले पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन माथी छलफल गर्ने क्रममा आक्रोशित गाउले द्वारा अध्यक्ष सिंह माथी हातपातको प्रयास भएको हो ।
वादविवाद उग्र हुने संभावना अत्यधिक भएपछि वडाध्यक्ष सिंहका भाइ लगायतकाले उनलाई त्यहाँ बाट घर लगेकाथिए ।

