संजय गुप्ता// वीरगञ्ज, जेठ १०//
प्रेस काउन्सिल नेपालले ८ वटा भाषामा पत्रकार आचारसंहिता लागू गरेको छ ।
मैथिली, थारु र नेपाल भाषा गरि ३ वटा भाषामा पहिले देखि नै आचारसंहिता लागू गरेको काउन्सिलले हिजो शुक्रबार भोजपुरी, राई वान्तावा, तामाङ, डोटेली, लिम्बू भाषा गरी थप ५ भाषामा आचारसंहिता अनुवाद गरि सार्वजनिक गरेको छ ।
काउन्सिलले हिजो शुक्रबार आयोजना गरेको एक समारोहमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, राससका अध्यक्ष धर्मेन्द्र झा र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले संयुक्त रुपमा नव अनुवादित आचारसंहिता सार्वजनिक गरेका छन् ।

मातृभाषामा समेत लागू भएपछि आचारसंहिताको पालना गर्न सजिलो हुनुका साथै यसप्रति सरोकारवालाहरुको आकर्षण समेत बढ्ने विश्वास लिइएको छ ।

