मनोज गुप्ता // वीरगञ्ज, जेठ १०//
सवारी दुर्घटनामा परि वीरगन्जमा आज शनिबार एकजनाको मृत्यु भएको छ भने एक जना सख्त घाईते भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो वीरगञ्जबाट अलौतर्फ गइरहेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज –१६, नगवा निवासी छोटु साह सोनार गम्भीर घाइते भई नीलकण्ठ अस्पताल वीरगञ्जमा उपचारको लागि पठाईएको र उपचारकै क्रममा दिउँसो ४ः२० बजे उनको मृत्यु भएको छ।
साथै मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुरका शुकुरुला अंसारी घाइते भएका छन्। उनको कम्मर र खुट्टामा चोट लागेको छ । उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ ।

यता दुर्घटना भए लगतै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया–१६ निवासी कृष्ण प्रसाद पटेललाई आफ्नो नियन्त्रणमा लिएको छ । घट्नाको अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

