संजय गुप्ता// वीरगञ्ज, जेठ ११//
नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो भ्रातृसंगठनको रूपमा रहेको अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रिय कार्यालय काठमाडौको च्यासलमा आज आईतवार बसेको पार्टी सचिवालयको बैठकले ३२ वर्षको उमेरहद लगाउने निर्णय गरेको हो ।
आजको निर्णय अनुसार उमेर हद लागू भएमा अनेरास्ववियु बाट नेतृत्वदायी पदका अधिकान्स पदाधिकारीहरु बाहिरिने छन् । वर्तमान अवस्थामा सङ्गगठनको नेतृत्वका लागि अध्यक्ष पदका दावेदार रहेका वर्तमान महासचिव नरेश रोकाया तथा उपाध्यक्षहरु गोविन्द गिरि, मर्यादा बिष्ट, नारायण घर्ती, धर्म गिरि लगायतकाहरु उमेर हदका कारण पार्टीबाट बाहिरिने निश्चित भएको छ ।

उमेर हदको व्यवस्था लागुभएमा सङ्गठनका नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने धेरै पदाधिकारीहरु बाहिर जाने तथा कनिष्ठहरुले नेतृत्वको भूमिकामा आउनसक्ने सम्भावना बढेको छ ।

