मनोज गुप्ता// वीरगञ्ज, जेठ १३//
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढिगण्डकि जलविद्युत आयोजनाले चाहिएको जति गति लिन नसकेको भनी असन्तुष्टि जनाउनु भएको छ ।
परियोजनाले गति लिन नसकेकोमा स्थानीय जनतालाई पीडा भएको कुरा आफूले बुझेको समेत उनले बताएका छन् ।
गोरखाको भिमसेन थापा गाउँपालिकाको खाञ्चोकमा नवनिर्मित प्रमुख प्रशासकीय भवनको आज मङ्गलवार एक समारोहका बिच उदघाट्न गर्दै अध्यक्ष प्रचण्डले परियोजनाप्रती सरोकारवालाहरु संबेदनसिल नभएर ढिलासुस्तीले काम अघिबढिरहेको आरोप लगाएका छन् ।
उदघाट्न सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सरोकारवाला सङ्ग पटकपटक छलफल गर्दा पनि परियोजनाको कार्य चाहेजस्तो गति लिन नसकेको बताएका छन् ।

