संजय गुप्ता// वीरगञ्ज, जेठ १३//
मनसुनजन्य विपदको सामनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वसतर्कता अपनाएको छ ।

वर्षा सुरुहुने समय नजिक आउँदै गरेको तथा यसवर्षको वर्षायाममा आउनसक्ने सम्भावित जोखिम बारे मौसम पूर्वानुमान महाशाखाले समय समयमा र्सार्वजनिक गर्दै आएको सूचनाको आधारमा आवश्यक पूर्वतयारीको थालनी समेत मन्त्रालयले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विपद सामुन्ने आईसकेपछी मात्र तात्ने प्रवृतिको अन्त्य गर्नुपर्ने भन्दै मन्त्री पौडेलले समयमै पूर्वतयारीलाई प्रभावकारी ढंगले अघि बढाउन पहल गरेका छन् ।
वर्षाको समयमा हुनसक्ने
विभिन्न संक्रमण, महामारी तथा रोगहरु लाग्नसक्ने सम्भावना रहने हुनाले समयमै सम्भावित समस्या पहिचान गरि तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
रोग एवम महामारीको रोकथाम र नियन्त्रणका लागि उपयुक्त स्थान पहिचान गरि शुद्ध खानेपानी लगायत आवश्यक व्यवस्थापनका लागि


स्थानीय तहसम्ममै प्रभावकारी कार्यहरू अघि बढाउने तयारी मन्त्रालयले गरेको छ ।