मनोज गुप्ता// वीरगञ्ज, जेठ १२//
सवारी दुर्घटनामा परि मकवानपुरमा १ जनाको मृत्यु भएको छ ।
सोमबार साझ ७ बजे त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँ बाट थाना बजार तर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसले मकवानपुरको थाहा नगरपालिका -३ मा सोमबार साझ ७ बजे पैदलयात्रीलाई ठक्कर दिदै उपमेयर भरत गोपालीको घरमा प्रवेश गरेको थियो ।

दुर्घटनामा परि ठेगाना खुल्न नसकेको कृष्ण बलामी र लोकेन्द्र ठाकुरको मृत्यु भएको छ । घट्ना लगतै दुवैजनालाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र पालुङ्गमा लगिएको थियो भने त्याहा पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक दुवैको शवलाई पोष्टमार्टमको तयारी गरिदै छ भने घट्नाको विशेष अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

