मनोज गुप्ता// वीरगञ्ज, जेठ २१//
विगत १८ वर्ष देखि शुरु भएको ईन्डियन प्रीमियर लिग (आईपिएल)को ईतिहासमा पहिलोपटक बैङ्ग्लुरुले फाईनल उपाधी जित्न सफल भएको छ ।
यस अघि पनि सन २००९, २०११ र २०१६ मा फाईनल खेलेर पनि उपाधी चुम्न नसकेको बैंग्लुरु चौथो पटकमा सफल्ता हात पारेको छ ।
उपाधिका लागि हिजो मङ्गलवार राती भएको फाइनल खेलमा पञ्जाब किड्सलाई ६ रनले हराउदै बैंग्लुरुले उपाधी हात पारेको हो ।
म्याचमा पहिलो ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन सफल भएको थियो । १९१ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सकेको थियो ।

बैंग्लुरुका तर्फबाट विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । भने कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन तथा मयंक अग्रवाल र जितेश शर्माले २४/२४ रन बनाएका थिए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट, काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट तथा अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिएका थिए ।

