संजय गुप्ता// वीरगञ्ज, असार ०१//
अत्यधिक गर्मिका कारण प्रभावित भएकोमा विदा गरिएका वीरगञ्ज महानगरका विद्यालयहरुमा पुन: ६ दिन विदा थप गरिएको छ ।
गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखिन थालेपछि महानगरले विद्यालयमा विदा दिने निर्णय गरेको थियो । बन्द विद्यालयहरु आज देखि खुल्ने भनिएपनी गर्मी अझैपनी कम नभएकोले असार ६ गतेसम्म विदा लम्ब्याउने निर्णय महानगरले गरेको छ ।
मौसममा समान्य परिवर्तन देखिए पनि पानी नपर्दा गर्मी उतिकै रहेको देखिएको छ । पानी नपरेसम्म गर्मी कम हुने सम्भावना कम रहेको छ भने गर्मीमा कमि नआए विदा अझै लम्बिन सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।

