संजय गुप्ता // वीरगञ्ज, असार ०२//
आईटी फोकल शिक्षकहरुको क्षमता विकास सम्बन्धि ३ दिने तालिम आज सोमबारदेखि गोरखाको धार्चेमा सुरु भएको छ ।
धार्चे गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ्ले आज बिहान १० बजे माछिखोला स्थित होट्ल हिलट्पमा उदघाट्न गरेकिछन ।

पालिकाको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षतामा सप्पन्न उदघाट्न कार्यक्रममा पालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख पुष्पराज जोशी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन प्राविधिक सहायक श्याम कुमार मण्डलले गरेका छन् ।
३ दिन सम्म चल्ने तालिममा पालिका भित्र सञ्चालित विभिन्न विद्यालयहरुबाट २० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमले ३ दिनमा शिक्षकहरुको शिक्षण सिपलाई आधुनिक सुचना तथा सञ्चार प्रविधिको प्रयोगले अझै प्रभावकारि बनाउने विश्वास लिइएको छ ।

