
संजय गुप्ता// वीरगञ्ज, असार ०७//
सवारी दुर्घटनामा परि आज शनिबार विहान चितवनमा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ डडुवा भन्ने स्थानमा बस र ईभी ठोक्किएर दुर्घटना भाएको हो ।

धनगढीबाट काकड्भिट्टा तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुर बाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडी एक आपसमा ठक्कर खादा भएको दुर्घटनामा परि मकवानपुर हटिया -३ का सोमप्रसाद रुपाखेती र हेटौंडा -५ का मैयाँ कुमारी न्यौपाने रहेका छन् भने बाकीको परिचय खुल्न सकेको छैन । दुर्घटनामा परि ५ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकहरुको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने घट्ना बारे विशेष अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ ।

