
वीरगञ्ज, श्रावण ०९//
फीजियो थेरापी क्षेत्रको नयाँ अध्याय हुन्छ काठमाण्डौ नेशनल मेडिकल कले
सामान्य जीवनयापन कोे क्रममा गरिने दैनिकीले समेत हाम्रो स्वास्थमा दिर्घकालिन समस्या ल्याउन सक्छ। हिँड्ने, बस्ने, खाने र सुत्ने क्रममा थाहा नभएका कतिपय कुरा हरुले हाम्राे स्वास्थमा नकारात्मक असर पारिरहेको हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ।
आउने शुक्रबार देखि सञ्चालनमा आउन लागेको काठमाडौं नेशनल मेडिकल कलेजमा भारत बाट स्नाकोत्तर अध्ययन गरेकी डा अञ्जली चौधरी ले त्यस्ता उपचार सामान्य फिजीयो थेरापी विधिबाट गर्ने भएकी छिन्। जटिल समस्याको लागी औषधि खानु परेपनि सामान्य समस्याको लागी सामान्य विधि र प्रकिया बाट रोगको निदान गर्न सकिने चौधरीको विश्वास छ। भारतमा उपचार गर्दा कहिले सामान्य अवस्थामा फर्किनै (आँखा समेत झिमकाउन असमर्थ) नसक्ने भनी त्यहाँका डाक्टरले पठाएका बिरामीलाई हाल सामान्य जीवनमा ल्याई पुर्याउने अञ्जली लाई बिरामी ले भगवान भनेर नै पुज्छन्। उमेर ले ३० पुगेकी अञ्जली विभिन्न खेलाडी, नायक, नायिका समेत की व्यक्तिगत स्वस्थ सल्लाहकार हुन। सरकारी दर सरहको मूल्यमा अमूल्य सुविधा दिने वाचा सहित आएको काठमाण्डौ नेशनल मेडिकल कलेज ले स्वास्थको क्षेत्रमा भएको बेतिथि हटाउने मात्र होइन रोगको नाममा चर्को शुल्क लिने अस्पताल हरुको लागि एउटा ठूलै टाउको दुखाई कोे विषय हुने सो कलेजका प्रबंध निदेशक बस्रुद्दिन अन्सारी कोे दाबी छ।

