
मनोज गुप्ता// वीरगञ्ज, भाद्र १७//
सामुदायिक प्रहरी केन्द्र मुर्लिले आज स्थानीयहरुलाई झूल बितरण गरेको छ ।
डेङगु तथा जापानी ईन्सेफेलाईटिसबाट बच्नका लागि सहयोग पुर्याउने उदेश्यले लायन्स क्लब अफ वीरगञ्जको सहयोगमा करिब ३०० परिवारलाई झूल बितरण गरिएको हो ।
सामुदायिक प्रहरी मुर्लिका अध्यक्ष राम सरराफको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले यो कार्यक्रमले सर्वसाधारण जनतामा साकारात्मक सन्देश जाने तथा आम जनताको स्वास्थयमा यसबाट केही हद सम्म भएपनी राम्रो प्रभाव पार्नेमा जोड दिनुभयो ।

