
संजय गुप्ता// वीरगञ्ज, भाद्र २०//
वीरगञ्जमा नव स्थापित मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले मधेस प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण लगायतका लागि प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट समन्वयकारी भूमिका निर्वाह गर्ने आश्वासन दिएका छन् ।
स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै शुक्रबार उनले यस्तो आश्वासन दिएका हुन । कोइरालाले मधेस प्रदेशमा प्रमुख चुनौतीको रूपमा रहेको सामाजिक अपराधलाई नियन्त्रणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । एसएसपी कोइरालाले अपराध रोकथाम र अनुसन्धानमा सरोकारवाला सबै निकायहरूबिच सहकार्य अपरिहार्य भएको बताए ।
कोइरालाले मधेस प्रदेश प्रहरी कार्यालयको स्थापना, वीरगञ्जमा यसको आगमन तथा यसको कार्यहरु बारे सञ्चारकर्मी हरुलाई बताए ।

