
मनोज गुप्ता// वीरगञ्ज, भाद्र २२//
आज भाद्र २२ गते आइतबार अर्थात भाद्र शुक्ल पूर्णिमा, आज खग्रास चन्द्र ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपालमा करिब साढे ३ घण्टा सम्म देखिने चन्द्र ग्रहण आज राती १०:११ बजे स्पर्ष हुने एवम् मध्य अवस्था राती ११:५६ बजे तथा राती १:४१ बजे ग्रहण समाप्त हुने समितिले जनाएको छ ।
शास्त्रीय मान्यता अनुसार ग्रहण सुरुहुनु भन्दा ९ घण्टा अघि देखि नै सुतक काल प्रारम्भ हुने भएकोले बालबालिका, बृद्ध तथा दिर्घरोगिहरु बाहेक लाई अन्न ग्रहण तथा शयन निषेध गरेको छ ।
२०८२ सालमा नेपाल बाट देखिने यो पहिलो चन्द्र ग्रहण हो । यो खग्रास चन्द्रग्रहण भएकोले चन्द्रमाको पूरै भाग रातो रङ्गको देखिने छ । यस्तो रातो देखिने अवस्थामा चन्द्रमालाई ब्लड मून पनि भन्ने गरिन्छ । चन्द्रमा माथी पर्ने निलो प्रकाशलाई पृथ्वीको वायूमण्डलले तितरबितर पारिदिने हुनाले चन्द्रमा रातो देखिने हुन्छ ।
चन्द्रमा पूरै ढाकिने गरि लाग्ने ग्रहण भएकोले यसलाई खग्रास चन्द्र ग्रहण भनिएको हो । अगामी फागुन शुक्ल पूर्णिमाको दिन पनि चन्द्र ग्रहण लाग्ने छ तर त्यो खण्डग्रास चन्द्रग्रहण हुने समितिले जनाएको छ ।

