
संजय गुप्ता // वीरगञ्ज, भाद्र २३//
आज सेप्टेम्बर ८ अर्थात भाद्र २३ गते जेन- z को विरोध प्रदर्शनको खबर देशैभरी चर्चाको विषय बनेको छ ।
जेनेरेशन जेड अर्थात जेनजी नामले प्रसिद्ध यो सन १९९७ देखि २०१० सम्म जन्मेका यूवाहरुको समूह हो ।यी यूवाहरु नेपालमा देखिएको चरम राजनीतिक असन्तुष्टि र भ्रष्टाचारले गर्दा एकजुट भएका छ्न ।
ईन्डोनेसियामा पच्छिलो समय भएको नयाँ पुष्ताको आन्दोलनबाट हौसिएका नेपाली जेनजी समूह पनि आज सोमबार काठमाडौ स्थित सान्सद भवन अगाडि प्रदर्शनका लागि ठूलो संख्यामा सहभागी हुन सामाजिक सञ्जाल बाट आव्हान गरेका छ्न ।
नेपाली नेताहरुको भ्रष्टाचार, मनोपोलितन्त्र तथा सामाजिक सञ्जालमा लगाईएको बन्देजको विरोधमा प्रदर्शन गर्ने भनेको यस समूहको अगुवाका रुपमा आधिकारिक रूपमा कोहि नदेखिएको भए पनि नेपालका चर्चित नेताहरु तथा स्वतन्त्र यूवाहरुको ठूलो जमात जेनजी समूहको समर्थनमा रहेको देखिएको छ ।
जेनजी समूहको प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । काठमाडौका प्रत्येक चौक चौकमा प्रहरिको उपस्थितिमा आईतवार देखि नै वृद्धि गरिएको देखिएको छ ।
आक्रोशित यूवाहरुको यो प्रदर्शन अराजक पनि हुनसक्ने सर्वसाधारणले अनुमान गरेका छ्न । स्थितिलाई नियन्त्रणमा लिन सरकारले कडा एक्सन लिनुपर्ने भनेर केही सरकार सम्बद्ध दलका नेताहरुको भनाई रहेको छ भने सरकार बाहिरका अधिकान्स नेताहरु प्रदर्शनको समर्थनमा सामाजिक सञ्जालका माध्यमले आफ्ना अभिव्यक्तिहरु दिएका छन् ।

