
मनोज गुप्ता // वीरगञ्ज, भाद्र २४//
जेन जि यूवा समूहले गरेको आन्दोलनले विकराल रुप लिएपछि नेतृत्व विहीन हुन पुगेको देशको बागडोर अहिले मङ्गल्वार राती १० बजे देखि सुरक्षा निकायले सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।
जेन-जि समूहको आन्दोलनमा सरकारले गरेको गल्तिका कारण मुलुकले ठूलो मूल्य चुकाउन परेको छ । आजको आन्दोलन लाई अराजकता तर्फ धकेल्ने प्रयास भैरहेको र देशमा ठूलो भौतिक क्षती भएको देखिएको छ ।
पच्छिलो समय आन्दोलनकै आडमा विभिन्न अपराधीक तथा गैरकानुनी कार्यहरु समेत भएको र हुनसक्ने संभावना समेत रहेकोले देश र जनताको जिउधनको सुरक्षाको जिम्मा नेपाली सुरक्षा निकायले लिने नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ । आन्दोलनको आडमा अब त्यस्तो कुनै पनि अपराधीक गतिविधि गर्न छुट नहुने समेत देखिएको छ ।

