वीरगञ्ज, पौष ६//
नेपालमा जारी नेपाल प्रीमियर लिग(एन पि एल) सिजन-१, को फाइनल आज जनकपुर बोर्डले जितेको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्टस ले ५ विकेटले पराजित गर्दै एनपिएल सिजन-१, सिरिजको उपाधी जित्दै ऐतिहासिक रेकर्ड बनाएको हो ।

सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिम रोल्सले २० ओभर खेल्दै ९ विकेट गुम्कएर १८४ रन बनाएको थियो । १८५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा ओर्लेको जनकपुर बोल्ट्सले ५ विकेट खर्चिँदै १९. २ ओभरमा लक्ष्य पुरा गर्दै फाइनल सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको छ।
आज सम्पन्न फाइनल खेल अत्यन्तै रोचक प्रतिस्पर्धामा सम्पन्न भएको र यो खेलले सम्पूर्ण नेपालीमा खेलप्रतिको आकर्षण बढाउँदै सम्पूर्ण नेपाली खेलाडीहरुको भविष्य सुरक्षित भएको जस्तो महसुस गरेको खेलप्रेमिहरुको भनाइ रहेको छ ।

