सन्जय गुप्ता//वीरगञ्ज, पौष ७ //
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स विजय भएपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आइतबार गाउँपालिकामा सार्वजनिक विदाको घोषणा गरेको छ ।
खेलकुदको इतिहासमा राष्ट्रिय महा उत्सवको रूपमा मनाइएको यो एन पि एल सिजन -१ को उपाधी जितेकोमा मधेस प्रदेस भरि नै खुसियाली मनाइएको छ भने त्यसै अवसरमा पालिकामा विदा दिइएको गाउपालिका अध्यक्ष द्वारा जारी विज्ञप्ति बाट जनाइएको छ ।

