Home समाचार दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

वीरगन्ज,२२ भदौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका दूरदराजका वस्तीसम्म अझ प्रभावकारी सेवा उपलब्ध गराउन औषधी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार वीरगन्जमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो आग्रह गरेका हुन् ।उनले भने,‘ अहिलेपनि शहरदेखि गाँउसम्म औषधी व्यवसायीहरुले सेवा दिइरहेका छन् । अबका दिनमा दूरराजका वस्तीसम्मपनि औषधीको सेवा अझ प्रभावकारी रुपमा उपलब्ध गराउन आग्रह गर्छु ।

कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरुले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,‘ आगामी दिनमापनिन औषधी व्यवसायीहरुले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको र उनिहरुले नागरिकलाई सहजरुपमा औषधी उपलब्ध गराउनुका साथै हजारौंलाई रोजगारीपनि दिएकोमा उनले प्रशंसा गरे ।

उपराष्ट्रपति यादवले देशको अर्थतन्त्रमा औषधी कारोबारीको महत्वपूर्ण भूमीका रहेको पनि बताए । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,‘ यसमा औषधी व्यवसायी र उनिहरु आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु ।

औषधी व्यवसायी र उनिहरु आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर समाधानका लागि स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागको ध्यानाकर्षणपनि उनले गराए ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल , मधेस प्रदेशका वनमन्त्री रमेश कुर्मी , उर्जामन्त्री सिंहासन साह कलवार , उद्योग, वाणिज्इ तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरे ।साभार: मधेस खबर

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments