सन्जय गुप्ता// वीरगञ्ज, पौष ७//
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको पहिलो जिल्ला भेलाले हरि पन्तको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
वीरगञ्ज स्थित होटल क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न भेलाले उप-सभापतिमा तुलसा पौडेल, सचिवमा सुदीश प्रजापति, सहसचिवमा कृष्ण पासवान, र सदस्यहरूमा सुरेस यादव, पूर्ण सापकोटा, दिलिप कुर्मी र प्रियांका पटेललाइ चयन गरेको छ ।
पार्टीका केन्द्रिय उप सभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा आजै नवगठित कमीटीका पदाधिकारी हरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।

