वीरगञ्ज, पौष ८//
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सिद्धपुर स्थित फूटबल मैदानमा आज देखि चौथो सिद्धपुर गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ श्री बनशक्ती यूवा क्लब सिद्धपुरले आयोजना गरेको यस प्रतियोगिताको आज एक समारोहका बिच नेकपा माओवादीका नेता शिवकुमार साहले गरेका छन् ।
एक हप्तासम्म चल्ने यस प्रतियोगितामा पर्सा र बाराका विभिन्न गाउँ हरुबाट ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज भएको उदघाट्न खेलमा निचुटा पर्सा सङ्ग बकुलिया बारा १ गोल अन्तरले जितेको छ । भने भोलिको खेल पर्साको वीरगञ्ज र देकुली पटीर्वा वीच हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता उदघाट्न कार्यक्रममा दर्शक, खेलाडी तथा सर्वसाधारणको व्यापक सहभागिता रहेकोे थियो ।

