वीरगञ्ज, पौष २१//
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) पर्साको अध्यक्षमा वीरगञ्ज स्थित साउथजोन मावी का सन्स्थापक सरोज चौधरी निर्वाचित भएका छन् ।
आज आइतबार सम्पन्न संस्थाको १६ औं अधिवेशनले चौधरी लाई निर्वाचित गरेको हो । अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खसेको जम्मा ४८ मतमध्ये २६ मत प्राप्त गरि चौधरी निर्वाचित भएका हुन । अध्यक्षका दुई जना उम्मेदवारहरु मध्ये जीवन ज्योति स्कुलका संस्थापक शिव गुप्ता २२ मत प्राप्त गरेका थिए ।
अध्यक्ष चौधरीको कार्यसमिति अन्तर्गत उपाध्यक्षमा सुशीला साह र वीरेन्द्र साह, सचीवमा अशोक साङ्रौला, कोषाध्यक्षमा प्रवीण चौधरी, सह कोषाध्यक्षमा सुदिल पटेल लगायतका निर्वाचित भएका छन् ।

