
संजय गुप्ता// वीरगञ्ज, भाद्र २५//
नेपाली सेनाले काठमाडौ र पोखराबाट प्रहरी सङ्ग खोसिएका ३१ थान हतियार, म्याग्जिन र गोलिगठ्ठा बरामद गरेको छ ।
काठमाडौका विभिन्न स्थानहरुबाट २३ नाल र पोखराबाट ८ नाल विभिन्न किसिमका हतियारहरु बरामद गरिएको सेनाले आज बुधबार सूचना मार्फत जानकारी दिएको छ ।
यता आन्दोलनका क्रममा कहि कोहिले कुनै प्रकारको हतियार फेला पारेमा नजिकको प्रहरी वा सेनालाई बुझाईदिनका लागि नेपाली सेनाले आग्रह गरेको छ ।
नेपाली सेनाले आज बुधबार विज्ञप्ति जारी गर्दै कोहिले कतै कुनै किसिमको हतियार देखेमा वा कसै सङ्ग हतियार भएको थाहा पाए नजिकको प्रहरीलाई सूचना दिनलाई अनुरोध गरेको छ । साथै यो सूचनालाई अटेर गरि कसैले हतियार राखेको फेलापरेमा कानून बमोजिम कारवाही हुने चेतावनी समेत सोही बिज्ञप्तिबाट दिईएको छ ।

