Home Blog Page 56

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

0

वीरगन्ज, २७ जेष्ठ : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताएका हुन् ।

शनिबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने,‘ मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनैपनि माग पुरा भएको छैन , त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाइ अगाडि बढाउने तयारी गरिरहेको छ , अबको आन्दोलन सरकार , सदन र सडक तीनै तहबाट हुन्छ ।

२२ जिल्लको एक मधेस प्रदेश , नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भएपनि ती मध्ये कुनैपनि माग पुरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतले बताए ।

उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबीपनि गरे । उनले अब हुने आन्दोलनको तयारीमा जुटन मधेसी जनतालाई आह्वानपनि गरे ।

मधेसका अरु मधेसी पार्टी जस्तो सत्ता र पदको लोभी जनमत पार्टी नभएको जिकिर उनले गरे । राउतले भने,‘ मधेसको दुरावस्था दखेर सह्य नभएपछि म राजनीतिमा आएको हुँ , राजनीतिक दल खोलेको हुँ , त्यसका कारण म अरु नेता जस्तो सत्ता र पदको लोभी होइन , एउटा मन्त्री पाउदाँपनि सरकारमा म आफु गइन , पार्टीकै अरु नेतालाई पठाए ।

जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफनो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे ।अधिकार प्राप्तिको एक मात्र माध्यम आन्दोलन नै भएको भन्दै उनले भने,‘ यदि आन्दोलन रोकियो भने पाएका अधिकारपनि गुम्छ , त्यसकारणपनि फेरि आन्दोलनको तयारीमा जनमत पार्टी लागेको छ ।शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुककेको पनि राउतले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री दाहाल र भट्टराईविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

0

काठमाडौं ।सर्वोच्च अदालतले विवादास्पद नागरिकता विधेयकको प्रमाणीकरण कार्यन्वयन नगर्न यसअघि एकल इजलासले गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले आज भएको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

अदालतले नागरिकता विद्येयकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ । सर्वोच्च अदालतको आदेश पछि तत्काल नागरिकता पाउँने आशामा बसेका नेपाली नागरिकहरु निराश भएका छन् ।

पर्सा जिल्लामा मात्र २०६३ देखि ०६५ सम्म करिव १४ हजार व्यक्तिले जन्मको आधारमा नागरिकता लिएका छन् । उनीहरुको सन्तानको हिसाव गर्ने हो करिव ३० देखि ३५ हजार व्यक्तिहरु पर्साबाट मात्र नागरिकता लिन वञ्चित रहेको अनुमान जिल्ला प्रशासन कार्यालय पर्साको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि जेठ २१ गते प्रारम्भिक सुनुवाइ गर्दै यसअघि डा.मनोज कुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

वीरगन्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

0

वीरगन्जस्थित बालसुधार गृहमा रहेका थुनुवा बालकहरुले सास्ती खेप्नु परेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार बाल सुधारगृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

वीरगन्जमा बिहीबार इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वीरगन्जस्थित बाल सुधारगृहमा रहेका बालकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । उक्त गुनासो सुनेलगत्तै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बालसुधार गृहमा पुगेर अनुगमन तथा निरिक्षण गरेका हुन् ।

अनुगमन तथा निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बालसुधार गृहका निमित्त प्रमुख कृष्ण साह गोढले शौचालय , सुत्ने कोठा लगायत पर्याप्त संरचनाको अभावमा गर्मीमा बालकहरुले झेल्नुपरेको समस्याहरुबारे जानकारी गराए ।

साहका अनुसार बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो । तर अहिले बालसुधार गृहमा क्षमता भन्दा तेब्बर अर्थात १ सय २८ जना थुनुवा बालकहरुलाई राखिएको छ। बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकहरुलाई राख्नु पर्ने बाध्यता रहेको साहले जानकारी गराए ।

उनले भने,‘ बालबालिका सम्बन्धित मुद्धामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा वीरगन्जको बालसुधार गृहमा रहेका बालकहरुको हकमा भने बक पत्र र पेशी समेत नहुँदा कारागार पठाउने उमेर पुगेका युवार किशोरहरुलाई समेत राख्नु परेका छ । यसले झन् समस्या भएको छ। यहाँ राखिएका बालकहरुको संख्याको अनुपातमा भौतिक संरचनाको अभाव छ , कोठाहरु साँघुरा छन् , शौचालयपनि अप्रयाप्त नै छ ।

अनुगनमका क्रममा प्रजिअ रेग्मीलाई साहले बालसुधार गृहमा राखिने बालकले जनही कारागार नियमावलीले तोकेको दैनिक ७ सय ग्राम चामल र ६० रुपैया पाउदै आएको जानकारी गराए ।बालसुधार गृहमा हाल एक जना स्टाप नर्स कार्यरत रहेको पनि कार्यालयका निमित्त प्रमुख साहले जानकारी दिए ।

अनुगमनका क्रममा रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने बालसुधार गृहमा भएको अभाव र अपर्याप्त संरचनाको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय निकाय वीरगन्ज महानगरपालिकामा पहल गर्ने आश्वासन दिए । उनले भने,‘ संघीइ सरकारको निकायमा पनि यसबारे जानकारी गराइसकेका छौं , समस्या समाधान गर्ने पहल भईरहेको छ ।

वीरगन्जको बालसुधार गृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागू औषध र चोरी डाँकाको आरोप लागेका बालकहरु छन् ।

वीरगन्जलाई हरित शहर बनाउने अभियान अन्तर्गत चार सय वटा बिरुवा राेपियाे

0

वीरगन्ज ,२६ जेष्ठ : वीरगन्ज महानगरलाई हरित शहर बनाउने अभियान अन्तर्गत शुक्रबार वृक्षाराेपण गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति चितवन र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वृक्षरोपण गरिएको हाे ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित ईदगाह चाेकदेखिकाे सडक छेउ र खाली जग्गामा विभिन्न प्रजातिका ४ सय वटा विरुवाहरु राेपिएकाे ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति काठमाडौंका अध्यक्ष डा.किरण पौडेलको प्रमुख आतिथ्यता एंव खेतानको अध्यक्षतामा आयोजित वृक्षाराेपण कार्यक्रममा विशिष्ठ अतिथी वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम रहेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,वडा नम्बर २ का वडाध्यक्ष महम्मद रेयाज मियाँ,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दास, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी , सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराई, प्रहरी निरीक्षक विदुर शिवाकोटी लगायतको सहभागीता थियाे ।

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

0

वीरगन्ज, २६ जेष्ठ : दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते शुक्रबारसम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर योबिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सुचना जारी गरेर वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरु थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रबार जारी गरेको सुचनामा उल्लेखछ ।

पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४ डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो । शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।

नागरिकताको विषय टुङ्गो नलगाइए आन्दोलनमा उत्रिने पूर्वमन्त्री यादवको चेतावनी

0

वीरगन्ज, २६ जेष्ठः सर्वोच्चको अल्पकालीन आदेशविरुद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहिन सङ्घर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौँस्थित माइतीघर मण्डलामा देशभरबाट पुगेका युवाहरुले सर्वोच्चविरुद्ध सुरु गरेको धर्ना कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका यादवले ऐक्यबद्धता जनाएका हुन् ।

धर्ना कार्यक्रममा सहभागी हुँदै सांसद् यादवले नेपाली आमाबुवाको सन्तानले नागरिकता पाउनका लागि सडकमा उत्रेर सङ्घर्ष गर्नु दुर्भाग्यपूर्ण भएको बताए । संविधानले दिएको अधिकारमाथि समेत सर्वोच्चले हचुवाको भरमा अल्पकालीन आदेश जारी नगर्नुपर्ने भन्दै उनले छिटोभन्दा छिटो मुद्दाको छिनफानो गरेर नागरिकता वितरण पुनः सुरु गरिनुपर्ने बताए ।

नागरिकताविहिनको पिडा आफूले बुझेको बताउँदै उनले भने, ‘तराई–मधेस मात्र नभएर देशभर लाखौँ युवा आज नागरिकता नभएर समस्यामा परेका छन् । उनीहरुको भविष्य अन्धकार तर्फ धेकेलिँदै छ । लाखौँ युवाले देश, विदेशमा रोजगार पाइरहेका छैनन्, वर्षौं लगाएर सिकेको सिप राष्ट्रनिर्माणमा प्रयोग गर्न सकेका छैनन् । उनीहरुको पिडा मैले बुझेको छु ।’

केही सिमित व्यक्तिहरुले आफ्नो खोक्रो राष्ट्रवाद सिद्ध गर्न नागरिकताको विषयलाई जबरजस्ती विवादित बनाइरहेको यादवले आरोप लगाए । ‘आफ्नो सरकार जोगाउनका लागि नागरिकता विधेयक आध्यादेश मार्फत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्दा ठिक थियो आज त्यहीँ विधेयक लाइनटूलाइन दुई÷दुई पटक सदन मार्फत पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदा विरोध गर्नेहरु ढोंगी हुन् । उनीहरु राष्ट्रभक्त होइन, राष्ट्रघाती हुन्,’ पूर्व वन तथा वातावरणमन्त्रि समेत रहेका यादवले भने ।

नागरिकताको समस्यालाई छिट्टै समाधान नगरिए काठमाडौँ मात्र नभएर देशभरका युवाले ठाउँठाउँमा आन्दोलन सुरु गर्ने यादवले चेतावनी पनि दिए । जसपाको पोलिट ब्यूरो सदस्यसमेत रहेका उनले भने, ‘नागरिकताको विषयलाई अझै लम्ब्याइयो भने हामी पनि सडकमा आएर आन्दोलन गर्न बाध्य हुन्छौँ ।

यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट भएको त्रुटिलाई सच्याएकोमा प्रशंसा गरे । उनले भने, ‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’

नागरिकताविहिन सङ्घर्ष समितिको आयोजनामा बिहिबारदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना कार्यक्रम सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रामाणीकरण गरेको नागरिकता सम्बन्धि विधेयकमाथि सर्वोच्चले अल्पकालीन आदेश जारी गर्दै रोक लगाएपछि उनीहरु आन्दोलित भएका हुन् । एक तथ्याङ्कअनुसार देशभर हाल १२ लाखभन्दा बढी युवाले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।