Home Blog Page 54

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

0

 

सप्तरी ८ असार /
हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए।

यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो।

समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो। समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए।

देशैभर बाट आएका स्वयंसेवकहरूले एकै ठाउंमा २० दिन सम्म बसेर प्रशिक्षण लिएका थिए। बिहान ५ बजे जागरण संगै शुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउंसो विभिन्न समसामयिकी विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रीयता, देशभक्ति, धर्म संस्कृति, आध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा हुन्थ्यो भने सायंकाल फेरि पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो।

सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउंमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधै एक घण्टाको बौद्धिकको कार्यक्रम पनि हुने गरेको थियो।

हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तिमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ।

शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको प्रशिक्षण दिइएको छ ।

२० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ।

जन्मसिद्ध नागरिकका सन्तानले अब पाउने भए बंशज नागरिकता

0

काठमाडौं, ७असार
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।

सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा. मनोजकुमार शर्माले जारी गरेकाे अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो ।

सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

गत वर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् ।

तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दिएका थिए ।साभार:अनलाइनखबर

वडा सदस्यहरुमाथि नगरप्रहरीबाट लाठीचार्ज गराई कलैयाको निति तथा कार्यक्रम सम्पन्न

0

कलैया , ०६ जेष्ठ
कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम बुधबार बिवादै विवादको बिचमा एकलौटी रुपमा सम्पन्न भएको छ। कलैया स्थित करण राज पार्टी प्यालेसमा राखिएको निति तथा कार्यक्रममा कलैया उपमहानगरपालिकाको सम्पुर्ण वडाको वडा सदस्यहरुले बिरोध गरेका छन्। सम्पुर्ण वडा सदस्यहरु निति तथा कार्यक्रम हामिलाई कम्तिमा पाँच दिन अघि प्राप्त भएपछि हामि छलफल गरी सहभागी हुने माग गरेका छन्। तर कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले एकलौटी रुपमा निति तथा कार्यक्रम सँचालन गराएका थिए ।
निति तथा कार्यक्रम एकलौटी रुपमा सँचालन भएपछि सम्पुर्ण वडा सदस्यहरु सभा हलमा प्रवेश गरी निति तथा कार्यक्रम स्थगित गर्नु पर्ने चर्को नाराबाजी गरेका थिए। वडा सदस्यहरुको चर्को नाराबाजीको बिचमा पनि नगरप्रमुख साहले उपस्थित अतिथिहरु स्वागत गर्नेमा नै ब्यस्त रहेको कारण वडा सदस्यहरुले सभा हलको कुर्सी तोडफोड समेत गरेका छन्। कुर्सी तोडफोड पछि कलैया उपमहानगरपालिकामा कार्यरत नगरप्रहरीहरुले वडा सदस्यहरु माथि लाठि चार्ज गर्दै सभाहलबाट बाहिर निकालेका थिए । नगरप्रहरीको लाठीचार्जबाट कुटाईएका कलैया उपमहानगरपालिकाको वडा नं १७ का वडा सदस्य अवास अँसारी, वडा नं २ का वडा सदस्यमनोज साह , वडा नं १५ का वडा सदस्य आहाव अँसारी, वडा २२ का वडा सदस्य महेश कुशवाहा लगायतका वडा सदस्यहरु सभाहल बाहिर होहल्ला मचाईरहेको बेला नगरप्रहरीहरु सभाहलको गेटमा लामबद्ध रुपमा खडा भई भित्र जान दिएका थिएनन्।
सोहि मौका छोपी नगरप्रमुख साहले वडा सदस्यको हो हल्लाको वास्ता नगर्दै आफ्नो निति तथा कार्यक्रम सम्पन्न गरेका छन्। एकलौटी रुपमा गरीएको निति तथा कार्यक्रम कर्मचारीहरुलाई , प्रधानाध्यापकहरुलाई तथा उत्कृष्ट करदातालाई सम्मान समेत गरीएको छ।
बिवादै विवादको बिचमा नगरप्रमुख साहको निर्देशनमा उप प्रमुख रौशन परविनले एक अर्व ५४ करोड ३८ लाख ६६ हजार २५० रुपैयाको बजेट प्रस्तुत गरेकि छिन। जसमा पुजिगत तर्फ ६२ करोड ४० लाख ६६ हजार २५० रुपैया र चालु तर्फ ९१ करोड ९८ लाख रुपैया प्रस्तुत गरेकि छिन।

प्रसौनी गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

0

बारा, ६ असार ।
बाराको प्रसौनी गाउँपालिकाको १३ औं गाउँसभा तथा आ.व २०८०÷०८१ को प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालले आफु जनताका स्वास्थ सेवामा सहज प्रदानका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको साथै गाउँपालिकाका बालबालिकाका लागि शिक्षामा सहज पहुच पु¥याउन सफल भएको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै, अध्यक्ष जयसवालले आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।
अध्यक्ष जयसवालले बिधिको शासनमा प्रसौनी गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उप–प्रमुख सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत सुमित सिंहका अनुुसार गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ ।
यस्ता गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको समेत उनले बताए । गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष किरण देवी प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह लगाएतले गाउँपालिकाको कार्य प्रगति बारे स्पष्ट पारेको थियो ।
प्रसौनी गाउँपालिकाले आफ्नो १३ औं गाउँसभा बाट ४५ करोड ४५ लाख ७५ हजार बजेट पारित गरेको छ । उक्त गाउँसभामा वडा अध्यक्षहरु, गाउँसभा सदस्य लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वीरगंज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट

0

वीरगंज । वीरगंज महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बुधबार भएको नगरसभाको १३ औं अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ का लागि अनुमानित ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याईएको हो ।

वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७७ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको २२ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ कुल बजेटको एक प्रतिशत अर्थात ३ करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख रुपैयाँ र खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेक्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यत्रमका लागि ४ करोड ७५ लाख र खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ, राजश्व बाँडफाडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

गत आवमा नगरसभाको १२ औं अधिवेशनले चालु आवका लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आउदो आवमा महानगरको बजेट १२ करोड २७ लाख ५८ हजार रुपैयाँ कम हो ।

अधिवेशनमा महानगरका मेयर राजेशमान सिंहले आगामी आवका लागि महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु आवमा महानगरका बढीमा ३० युनिटसम्म विद्युत खपत गर्ने गरिब तथा विपन्न परिवारहरुको ग्राहस्थ मिटरको न्युनतम मासिक शुल्क र विद्युत् महशुल शुल्कको भुक्तानी र कृषि उब्जनी बढाउनका लागि महानगरका किसानहरुको सिँचाइ मिटरको सम्पूर्ण विधुत् महशुल भुक्तानीको दायित्व वीरगन्ज महानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएकोमा आउँदो आवदेखि नेपाल सरकारले नै गार्हस्थ मिटरमा ३० देखि ५० युनिटसम्मको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको हुँदा वीरगन्ज महानगरले गार्हस्थ मिटरमा दिने अनुदानको व्यवस्था हटाई कृषि मिटरमा दिइएको अनुदानलाई कायमै राखेको छ ।-कान्तिपुर

पकहाँ मैनपुरका अध्यक्ष मेहता र भ्रष्ट अधिकृत कुशवाहा एनि हाउ पैसा कमाउ अभियानमा

0

 

वीरगंज ७ असार /
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष र भ्रष्टाचार गर्नमा माहिर मानिएका प्रमुख प्रशासकीय अधिकृतले कमिशन बिना कुनै पनि काम नगर्ने गरेको जनाईएको छ ।
पकाहाँ मैनपुरमा असारे विकासको रकम सकाउने उदेश्यले कमिशन आउने सामग्री धमाधम खरिद गरी बजेट सकाईरहेको समाचार प्राप्त भएको छ । गाउँपालिकाको वडा नं. १ धोरे स्थित श्री ने.रा.माध्यमिक विद्यालयको लागि बाबुलाल मेहताले २४ वटा पंखा सहयोग गरेका थिए, तर पालिका अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले कमिशनकै लागि पुनः सोही स्कूलमा २८ वटा पंखा खरिद गरी दिएका छन् ।
जुन स्कूलमा पंखाको आवश्यक्ता नै छैन्, त्याहाँ कमिशनकै लागि पंखा किनेर दिए पछि सो स्कूलका शिक्षक एवं स्थानियहरुले बिरोध जनाएका छन् । पंखा एउटा उदाहरण मात्र हो कमिशनकै लागि यस्ता थुप्रै सामग्रीहरु खरिद भईरहेको स्थानिय रामविश्वास साहले भने । साहका अनुसार पालिकाका कतिपय स्कूलहरुमा शौचालयको सरसफाई समेत हुन सकेको छैन, करारका शिक्षकहरुको तलब दिन नसकेको अवस्थामा अध्यक्ष र अधिकृतले एनी हाउ पैसा कमाउको अभियानमा लागेर कमिशनमुखी भएको आरोप समेत लगाए ।
सो विषयमा पालिका अध्यक्ष मेहता संग सम्पर्क गर्दा पंखा खरिद गर्ने विषयमा आफुलाई जानकारी नै नदिई प्रशासकीय अधिकृत कुशवाहा र योजना शाखाले आफै पंखा खरिद गरेर विद्यालयलाई दिएको भनि गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।
अध्यक्ष मेहता र अधिकृत कुशवाहाले विकास निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत कमिशन अनिवार्य गरेको एक जना एनजियोका अध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । केही वर्ष पहिला पर्सा जिल्लाको बिन्दवासिनी गाउंपालिकामा कार्यरत्त रहदां भ्रष्टाचारी अधिकृत कुशवाहाले भ्रष्टाचार गरी त्यहांका जनप्रतिनिधिहरुलाई पाखा लगाउदै बाजी मारेका थिए । भ्रष्टाचारको कारण बिन्दवासिनीका जनप्रतिनिधिहरुले अधिकृत कुशवाहालाई धपाए पछि विभिन्न पालिकाहरु घुम्दै हाल आएर उनले पर्साको पकहाँ मैनपुर गाउंपालिकामा प्रमुख प्रशासकिय अधिकृत भई रजाई गर्न सफल हुदै गएका छन् ।
त्यसैगरी पालिकाले चापाकल खरिद, ग्यास सिलेन्डर खरिद लगायतमा अध्यक्ष, कार्यकारी अधिकृत र लेखा अधिकृत मिली करिब ३० प्रतिशत कमिशनमा खरिद गरेको एक वडाध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा यस अनलाईनलाई बताए ।
त्यसैगरी पालिका अध्यक्ष मेहताले धोरेमा लाग्ने मेला र कुस्तिको लागि पालिकाबाट ५ लाखको बजेट निकासा गरी करिब एक लाख रुपैया मात्र मेला समितिलाई दिई बाकी पैसा आपसी सहमति गरी स्वाहा गरेपछि पनि स्थानियहरुले अध्यक्ष मेहताको खुलेरै बिरोध जनाएका थिए ।
पालिका अध्यक्ष मेहताले एक वर्षको अवधिमा जनतालाई अनुभुति हुने किसिमको कुनै काम नगरेको स्थानीयहरूले गुनासो गरेका छने । २०७९ साल वैशाख ३० मा स्थानीय तहको चुनावका क्रममा मेहताले विकास निर्माण तथा मतदाताको सेवाका नाममा अनेक नारा र प्रतिबद्धता प्रचारमा ल्याए पनि यो एक वर्षको दिनमा खासै केही पनि गर्न नसकेको देखिएको छ ।

वीरगन्जमा गहवामाई रथ यात्रा सम्पन्न

0

 

बिरगंज ५ असार / गहवामाईकाे नवनिर्मित मन्दिरकाे ११ ओैं वर्षकाे अवसरमा बिरगंजमा पहिलो पटक निकालिएको गहवामाई रथ यात्रा सम्पन्न भएको छ ।

गहवामाई रथ यात्रा आज बिहान करिब ७:०० बजे गहवामाई मन्दिर प्रांगणबाट सुरु भई घन्टाघर,रेल्वे राेड हुँदै विर्ता मन्दिर बाट मेनराेड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन भएको हो।

रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकीका साथै निशान र शाेभायात्रा पनि प्रदर्शन गरिएको थियो । भने
हजारौं भक्तजनहरु रथ यात्रामा सहभागी भएका थिए ।
रथ यात्रामा सहभागी भक्तजनहरुका लागि विभिन्न संघसंस्थाहरुले नगरका विभिन्न ठाँउमा चिसाे पानी, सर्वत, लस्सी र जुस आदि नि:शुल्क वितरण गरेका थिए।

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, बिगो र जरिवाना ६ अर्ब

0

काठमाडौं । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नुपर्ने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो

0

 

काठमाडौँ, ४ असार (रासस) ः भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो ।
उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ । कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिनुभयो ।
“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भन्नुभयो ।
यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ । सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।”
काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।

‘विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी गरौँ’

0
sf7df8f}F, $ c;f/ M k|ltlglw;ef a}7s k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

 

काठमाडाँै, ४ असार (रासस) ः सांसदहरुले विपद् थाहा दिएर नआउँदै भन्दै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जोखियमुक्त बस्ती पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभयो ।
उहाँहरुले प्रकोपबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना निर्माण तथा प्रकोपमा परेको व्यक्तिको उद्धार, राहत र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजेन्द्र केसीले प्रकोपबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणको कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो । “समय हुँदा सुत्ने, भोलि अप्ठ्यारो पर्दा काम गर्नुपर्ने हुँदा अहिले नै सोच्नुपर्छ, यसतर्फ सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।
सांसद भानुभक्त जोशीले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा प्राकृतिक प्रकोपका हिसाबले धेरै जोखिमयुक्त भूभाग रहेको जनाउँदै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“जयपृथ्वी नगरपालिकाकाको भोपुर, रुइनाबगड, सत्यवादी विद्यालय, बित्थडचिर गाउँपालिकाको डाँडागाउँलगायत ठाउँमा अहिले पनि बस्ती जोखिममा छ । सुर्मा गाउँपालिकाको देवल र काँडामा पनि बस्ती जोखिममा छन्, जोखिम न्यूनीकरणका लागि सरकारले समयमै ध्यान देओस्”, उहाँले भन्नुभयो ।
सांसद मनबहादुर गुरुङले कास्कीको मादी र सेती नदीको जलाधार क्षेत्र तथा हिमतालमा अनुगमन गर्ने, पूर्वसूचना दिने र पूर्वसतर्कता अपनाउने काम तत्काल गर्न सरकार ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, “वर्षा सुरु भइसक्यो, विपद् सोधेर आउँदैन, थाहा दिएर आउँदैन, हिजो राति मात्र ताप्लेजुङ, सङ्खुवासभालगायत पूर्वी पहाडी क्षेत्रमा मात्रै ठूलो विपदका घटना भएका छन्, आगामी दिनमा विगतका जस्तै विपद्का घटना पुनरावृत्ति हुने सम्भावना प्रबल छ, यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।”
सांसद मनिष झाले पहाडका जिल्लाका नागरिकमा प्राकृतिक प्रकोपमा परेर मरिन्छ कि भन्ने त्रास देखिएको भन्दै असुरक्षित स्थानमा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण गरिनुपर्ने बताउनुभयो । प्रकोप परेका व्यक्ति प्राथमिक उपचार नपाएर मृत्युवरण गर्नुपरेको यथार्थ सुनाउँदै उहाँले प्रकोप पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “बाढीपहिरोका कारण आज पहाड जोखिममा छ, भोलि बाढीबाट तराई मधेस जोखिममा हुन्छ, तर हामीले विपद् न्यूनीकरण, उद्धार तथा राहत वितरणका सम्बन्धमा सरकारको तयारी थाहा पाएका छैनौँ”, उहाँले भन्नुभयो ।
सांसद मानवीर राईले पूर्वी नेपालमा बाढी पहिरोले धनजनको क्षति पु¥याइरहेका सन्दर्भमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । प्राकृतिक प्रकोपमा परेका नागरिकलाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभयो । सांसद विमला सुवेदीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनस्थल बञ्चरेडाँडामा मापदण्डविपरीत फोहर फाल्ने गरिएकाले सो क्षेत्र आसपासका बस्तीमा विभिन्न रोगको प्रकोप बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भीमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका एक सय ७७ मध्ये सुनसरीमा धान, तरकारी, माछा, बङ्गुर र अदुवा जोन रहेकामा पछिल्लो समय किसानले ठूलो मात्रामा मकैखेती गर्न लागेकाले मकै जोन क्षेत्र पनि छुट्याउनुपर्ने बताउनुभयो । सांसद महेशकुमार बर्तौलाले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था कहिले हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद मेटमणि चौधरीले किसानका समस्या समस्या समाधान गर्दै किसानका उत्पादनको बजारीकरणको सुनिश्चिता गरिनुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोखरेलले त्रिविका उपप्राध्यापकमाथि कुटपिट गर्ने व्यक्तिको मुद्दा फिर्ता लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मैना कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी योजना सञ्चालन गर्न सरकारको ध्यानाकृष्ट गराउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले उखु किसानका समस्या अझै समाधान नभएको भन्दै तत्काल किसानको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद रघुजी पन्तले विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीमाथि विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनबाट नै कुटपिट र दुव्र्यवहारका घटना बढिरहेको भन्दै त्यस्ता घटना रोक्न सरकारसँग माग गर्नुभयो ।
सांसद सुनिता बरालले समय माग गरी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिविरुद्धको मुद्दा सरकारले फिर्ता गर्न लागेको जनाउँदै विश्वविद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मीना तामाङ, मुक्ताकुमारी यादव, मञ्जु शर्मा अन्सारी, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रामकुमार यादव, रुपा शोसी चौधरी, रोशन कार्की, रेखा यादव, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।