
भोला यादव// रौतहट// कात्तिक १७
आगलागीबाट रौतहट जिल्लाको कटहरिया नगरपालिका वार्ड न ५ बलिराम्पुरमा करिब ६ लाखको छती भएको छ। स्थानीय गनिलाल विहिवार राती करिब १२ बजेको समयमा भएको आगलागीबाट ३ वटा भैंसी, मोटरसाइकल, दमकल, मोटर तथा घरभित्रै रहेकोे राइसमिल समेत जलेर सो परिमाणको क्षती भएको हो ।
गोठभित्र लामखुट्टे धपाउन बालिएको आगो सल्केर आगलागी भएको अनुमान गरिएको तथा घट्नाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

