
वीरगञ्ज, कार्तिक २०
पर्साको कालीकामाई गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत नमोनाथ यादवले सामुहिक भ्रष्टाचारको ग्रयाण्ड डिजाईनिङ्ग गरेका छन् ।
कालीकामाई गाउँपालिका अन्तर्गत रहेका विद्यालय, अस्पताल, वडा समितीको कार्यालय लगायतका निकायहरुमा करार कर्मचारीहरुको दरबन्दी सुचि तयार गरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतको आपसी भागबण्डाको आधारमा नियुक्ति गर्ने सहमति पहिले नै गरी भर्ना खुल्ला गर्ने र रकमी मोलतोलको आधारमा नियुक्ति गर्ने सहमती भएको कुरा बाहिरिएको छ ।
महिनौं देखि भ्रष्टाचारको चपेटामा परेको कालीकामाई गाउँपालिकाका सम्पूर्ण विकास निर्माणका कार्यहरुका लागि खुल्ला टेण्डर आव्हान नगरी गुपचुप कोटेशनका भरमा बढी कमिसन दिने सँग सम्झौता गरी कार्यादेश दिने गरेका कारण वर्तमान कार्यसमितको कार्यकालमा भएका कुनैपनि विकास निर्माणको कार्य सँतोषजनक र गुणस्तरीय नरहेको सेवाग्राहीहरु बताउँछन् ।
गाउँपालिकाका सर्व साधारण सेवाग्राही र सामाजिक सुरक्षा भत्ताका लागि दिनहुँ पालिकामा दौडिरहेका ज्येष्ठ नागरिक, अपाँग, अर्बुद्ध रोगी लगायतका लक्षित वर्गका व्यक्तिहरु त पिडित छँदैछन् हिन्दुहरुको महान पर्व वडा दशैंमा त्याहाँका कर्मचारीहरुलाई तलब खान समेत धेरै पापड बेल्नुपरेको छ । पालिका अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्यहरुलाई कुनै वास्ता नगर्ने र मै हुँ भन्ने मानसिकताले ग्रसित प्रशासकिय अधिकृत नमोनाथ यादव कहिलेपनि कार्यालयमा नआउने र पालिकासँग पनि वास्ता राख्न छोडेपछि सिँगो गाउँपालिकाकै अवस्था लथालिङ्ग भएको र दशैंमा समेत तलब खान नपाएपछि बाध्यभई गाउँपालिका अध्यक्ष र सबै कर्मचारी वडादशैं अन्तर्गत फुलापातिको पूर्वसन्ध्यामा कार्यालयको अति आवश्यकिय कार्य १ जना दर्ता चलानीका कर्मचारी जय गुरुदेवको भरमा छोडी अधिकृत यादव समक्ष घुँडा टेक्न विरगञ्जको होटलमा आई सहमती गरेपछि मात्र तलब खाने अवस्था आएको देखियो ।
यसरी लोकतान्त्रिक मुलुकमा सिँगो पालिका कुनै एकजना अधिकृत वा कार्यपालिका प्रमुखको दास बन्ने बाध्यात्मक अवस्था सिर्जना हुनु भनेको लोकतन्त्रको उपहाँस मात्र नभई पालिकाबासीको लागि दुर्भाग्य समेत रहेको पिडितहरुको गुनासो रहेको छ ।

