राजु चौरसिया // कलैया मंसिर २७
प्रसौनी गाउपालिका वडा नम्बर ३ मा नवनिर्मित वडा कार्यालयको भवन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको आज बुधवार उदघाटन भएको छ । वडा नं ३ को नौतन स्थित वडा समितीको नव निर्मित भवनको पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले आज एक समारोहका विच उदघाटन गर्नुभयो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै गापा अध्यक्ष जैसवालले गाउँ गाउँमा सिँहदरवार भन्ने गणतन्त्रको भावनालाई शब्दमा मात्रै सिमित नगरि त्यसको वास्तविक अनुभुति सर्वसाधारणलाई गराउन आफू लागिपरेको दाबी गर्नुभायो । उदघाटनका क्रममा बोल्दै अध्यक्ष जैसवालले सँघीय सरकारले स्थानिय सरकारका धेरैजसो अधिकारलाई प्रयोग गर्ने अवसरबाट बन्चित गरी आफुहरुले सोचेको जस्तो काम गर्न नदिएको आरोप पनि लगाउनुभयो । धेरै तनाव र बाधा व्यवधानलाई चिछोल्दै पालिकाका सम्पूर्ण वडाहरुमा वडा कार्यालय निर्माण गर्ने र पालिकाका जनताहरुलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य आफुले राखेको समेत वहाँले बताउनुभयो । यता वडा नं ३ का अध्यक्ष छोटेलाल प्रसाद साहले गाउपालिका स्तरिय बजेट बाट निर्माण भएको वडा कार्यालय भवनको स्थापनाले सेवाग्राही अत्यन्तै खुशी भएको बताउनुभयो।
नवनिर्मित वडा कार्यालयको भवनको कुल निर्माण लागत ३८ लाख ७४ हजार ७ सय पैंतालीस रुपैयाँ तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको कुल लागत २६ लाख ७ हजार ७ सय ३८ रुपैयाँ रहेको गाउँपालिकाका प्रशासकिय अधिकृत सुमित कुमार सिँहले जानकारी दिनुभयो ।
उद्घाटन कार्याक्रममा गाउँपालिकका उपाध्यक्ष किरण देबि साह,वडा नम्बर २ का अध्यक्ष उदय साह तेलि,४ का अध्यक्ष याकुब अन्सारी,७ का अध्यक्ष ईस्लाम मिया,वडा नम्बर २ का पुर्व वडा अध्यक्ष बैजनाथ प्रसाद साह कानु, कार्यपालिका सदस्य राजहरण साह कानु, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहरा लगायतका हरुले आ आफ्नो मन्तव्य राख्नुभयो ।

