मनोज गुप्ता// बारा, श्रावण २८
श्रावण महिनाको अन्तिम सोमबार आज बाराको बलिरामपुर स्थित सातोमाइको मन्दिरमा सरसफाइ सम्पन्न भएको छ ।
बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ४ वडा अध्यक्ष किशोरी साह तुरहाको अगुवाइमा सोही वडाको बलिरामपुर अवस्थित सातोमाइ मन्दिरमा सम्पन्न सरसफाइ कार्यक्रममा प्रहरी चौकी मुसहर्वाका प्रहरी नायब निरीक्षक रबिन्द्र साह लगायत चौकिका अन्य प्रहरि, स्थानीय समाजसेवी, यूवा, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

