सन्जय गुप्ता// वीरगञ्ज, पौष ७ //
पर्साको बहुदरमाई नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले ६ महिना देखि शिक्षकहरूको तलब नदिदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा गत शुक्रबार तोडफोड र आगजनी गरेकोमा लाखौंको क्षति भएको छ ।
घट्नामा संलग्न रहेको भनी आशन्कामा प्रहरीले २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका विद्यार्थी हरु नाबालक रहेकोले परिचय खुलाइएको छैन ।
नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाको आन्तरिक विवादका कारण नगरपालिका अनिर्णयको बन्दी बनेको र यस्तो परिस्थिति सृजना भएको बताइएको छ ।
साथै अझै पनि नगरपालिकाको काम तथा व्यवस्थापन चुस्त नगरे अवस्था अझै बिग्रीनसक्ने अनुमान सर्वसाधारणहरुको रहेको छ ।

